नियम ४०
कार्यालयको निरीक्षण गर्नु पर्ने
४०. कार्यालयको निरीक्षण गर्नु पर्ने
(१) सचिवले आफ्नो मन्त्रालय, मातहतका विभाग, परियोजना तथा कार्यालयको र विभागीय प्रमुख तथा कार्यालय प्रमुखले आफ्नो र आफ्नो मातहतको कार्यालय तथा परियोजनाको प्रत्येक आर्थिक वर्षमा कम्तीमा एक पटक आफैले वा आफूले अख्तियार सुम्पेको कर्मचारीद्वारा अनिवार्य निरीक्षण गर्नु गराउनु पर्नेछ ।
(२) अदालत र रक्षा सम्बन्धी निकाय बाहेक अन्य जिल्लास्थित कार्यालय तथा विकास आयोजनाको वर्षमा एकपटक सम्बन्धित जिल्लाको प्रमुख जिल्ला अधिकारीले निरीक्षण गर्नु पर्नेछ ।
(३) उपनियम (१) वा (२) बमोजिम निरीक्षण गर्दा अनुसूची–५ मा उल्लिखित कुराहरुको वारेमा जानकारी लिई सोको विवरण तयार गरी अभिलेख राख्नु पर्नेछ ।