दफा
कार्यालयको सूचनामा पहुँचको अधिकार
(१) यस ऐनबमोजिम दर्ता भएको सूचनासँग सम्बन्धित जानकारी सार्वजनिक अभिलेखको रुपमा रहनेछ । (२) दर्ता कार्यालयले सूचनाका सम्बन्धमा कुनै ढाँचा वा माध्यमद्वारा तयार पारेको सूचिपत्रहरु तथा अन्य अभिलेखहरुसमेत सार्वजनिक अभिलेखको रुपमा रहनेछ । (३) प्रत्येक व्यक्तिलाई दर्ता कार्यालयमा रहेको उपदफा (१) वा (२) बमोजिमका अभिलेख हेर्ने र सोको आवश्यक प्रतिलिपि प्राप्त गर्ने अधिकार हुनेछ ।