नियम २३
कार्यालयले निरीक्षण गर्ने

(१) कार्यालयले समय समयमा लेख्य प्रमाणकको काम कारबाही र अभिलेख आदिको निरीक्षण गर्न सक्नेछ ।
(२) उपनियम (१) बमोजिम निरीक्षण गरेपछि कार्यालयले आवश्यक देखेमा सो बारे आफ्नाे प्रतिवेदन नेपाल सरकारमा पठाउनु पर्नेछ ।