दफा ३५
काल्पनिक वा साड्ढेतिक नामवाट बयान वा बकपत्र गराउन सकिने
(१) सङ्गठित अपराधको मुद्दाको सुराकी, उजूरीकर्ता वा साक्षीले आफ्नो नाम उल्लेख नगरी वा काल्पनिक वा सांकेतिक नामबाट बयान वा बकपत्र गर्न चाहेमा अदालतले त्यस्तो व्यक्तिको वास्तविक नाम नखुलाई साड्ढेतिक वा काल्पनिकनामबाट बयान वा बकपत्र गरी दिनु पर्नेछ ।
(२) उपदफा (१) बमोजिम बयान वा बकपत्र भएकोमा मुद्दाको सम्बन्धित मिसिल, आदेश वा फैसलामा सोही नाम उल्लेख गर्नु पर्नेछ ।