दफा २८
कुटनैतिक नियोग तथा अन्तर्राष्ट्रिय संस्थाको निमित्त जग्गा प्राप्त गर्न सकिने :
(१) वाणिज्य दूतावास लगायत कुटनैतिक नियोग तथा अन्तर्राष्ट्रिय संस्थाहरूको निमित्त यस ऐनबमोजिम जग्गा प्राप्त गर्न सकिनेछ ।
(२) उपदफा (१) बमोजिम प्राप्त गरिने जग्गाको मुआब्जा निर्धारण गर्दा दफा १६ को उपदफा (२) बमोजिम निर्धारण गरिनेछ ।