नियम १७
कूटनीतिक आचार संहिता पालना गर्नु पर्ने

(१) नियोग प्रमुख र मन्त्रालय तथा नियोगमा कार्यरत कर्मचारीले परराष्ट्र मन्त्रालयले जारी गरेको कूटनीतिक आचार संहिता पालना गर्नु पर्नेछ ।

(२) नियोग प्रमुख तथा कर्मचारीले आफ्नो देश तथा आफू कार्यरत निकायको हित प्रतिकूल हुने, नियोगको काम कारबाही सम्बन्धी गोप्यता भंग गर्ने वा अन्य कुनै प्रकारको अवाञ्छित आचरण वा क्रियाकलाप गर्नु हुदैन ।