दफा १६
केन्द्रीय तेजाब तथा अन्य घातक रासायनिक पदार्थ नियन्त्रण समिति
(१) तेजाब वा अन्य घातक रासायनिक पदार्थको नियन्त्रण गर्न वा गराउन एक केन्द्रीय तेजाब तथा अन्य घातक रासायनिक पदार्थ नियन्त्रण समिति रहनेछ।
(२) समितिमा देहाय बमोजिमका अध्यक्ष तथा सदस्यहरू रहनेछन्‌ः-
(क) मन्त्रालयले तोकेको मन्त्रालयको सहसचिव -अध्यक्ष (ख) नेपाल सरकारको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्राविधिक प्रतिनिधि -सदस्य
(ग) नेपाल सरकारको वन तथा वातावरण मन्त्रालयको प्राविधिक प्रतिनिधि -सदस्य
(घ) मन्त्रालयले मनोनयन गरेको रसायन शास्त्र सम्बन्धी विषयमा कम्तीमा स्नातकोत्तर उपाधि प्राप्त गरी कम्तीमा पाँच वर्ष सम्बन्धित क्षेत्रमा काम गरेको कम्तीमा एकजना महिला सहित तीन जना -सदस्य
(ङ) मन्त्रालयको सम्बन्धित शाखाको उपसचिव -सदस्य-सचिव
(३) उपदफा (२) को खण्ड (घ) बमोजिम मनोनीत सदस्यको पदावधि तीन वर्षको हुनेछ।
(४) उपदफा (३) मा जुनसुकै कुरा लेखिएको भए तापनि उपदफा (२) को खण्ड (घ) बमोजिम मनोनीत सदस्यले समितिको हित बिपरीत कुनै कार्य गरेमा वा समितिको काम कारबाहीमा बेवास्ता गरेमा निजको पदावधि पूरा नहुँदै मन्त्रालयले निजलाई पदबाट हटाउन सक्नेछ।
तर यसरी हटाउनु अघि:निजलाई सफाई पेश गर्ने मनासिब मौका दिनु पर्नेछ।