दफा
केन्द्रीय विषयगत सहकारी सङ्घको गठन
: सहकारी व्यवसायको विकास, प्रवर्द्धन र बजारीकरण लगायतका कार्यमा टेवा पुर्‍याउन दफा १५ बमोजिम दर्ता भएका कम्तीमा सात वटा जिल्लाका एकाउन्न वटा विषयगत सहकारी संस्थाहरू वा विषयगत जिल्ला सहकारी सङ्घहरू वा विषयगत प्रदेश सहकारी सङ्घहरू मिली आफ्नो विषयको केन्द्रीय विषयगत सहकारी सङ्घ गठन गर्न सक्नेछन ।
तर त्यसरी सङ्घ गठन गर्दा विषयगत जिल्ला सहकारी सङ्घहरू वा विषयगत प्रदेश सहकारी सङ्घहरू प्रत्येकको पचास प्रतिशतभन्दा बढी सङ्घहरू समावेश गरिएको हुनु पर्नेछ ।