दफा १२
केही खास कारोबार गर्न पब्लिक कम्पनी हुनु पर्ने
: यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि बैङ्किग कारोबार, वित्तीय कारोबार, बिमा व्यवसाय सम्बन्धी कारोबार, धितोपत्र बजार सम्बन्धी व्यवसाय, निवृत्तभरण कोष वा सामूहिक बचत कोष (म्युच्युअल फण्ड) सञ्चालन गर्ने कम्पनी, पाँच करोडभन्दा बढी चुक्ता पुँजी भएको दूरसञ्चार सेवा प्रदायक कम्पनी वा तोकिए बमोजिमको अन्य व्यवसाय वा कारोबार सञ्चालन गर्ने कम्पनी पब्लिक कम्पनीको रुपमा संस्थापना हुनु पर्नेछ । हाल दर्ता भएका प्राइभेट कम्पनीहरुले दुई वर्षभित्र यस दफा बमोजिम पव्लिक कम्पनीमा परिणत भइसक्नु पर्नेछ ।