दफा १८८
कैफियत खुलाई प्रमाणित गर्नु पर्ने

साक्षी परीक्षण गर्दा सम्बन्धित साक्षीले न्यायाधीशद्वारा सोधिएको प्रश्नको जवाफ नदिएमा, दिन इन्कार गरेमा वा जुनप्रश्नको जवाफ खोजिएको हो सोको जवाफ नदिई असम्बन्धित विषयको जवाफ दिएमा न्यायाधीशले सोको कैफियत खुलाई दफा १८७बमोजिम प्रमाणित गर्नु पर्नेछ ।