दफा १३
कैफियत जनाई मालसामान बुझिलिन सक्ने
: (१) दफा १२ मा जुनसुकै कुरा लेखिएको भए तापनि बहुविधिक ढुवानी सञ्चालनकर्ता वा निजको आधिकारिक प्रतिनिधिले पे्रषक वा निजको आधिकारिक एजेण्ट वा प्रतिनिधिबाट ढुवानीको लागि मालसामान बुझिलिंदा ढुवानीपत्रमा उल्लिखित व्यहोरासँग दुरुस्त मेल नखाने कुराको सम्बन्धमा कुनै शङ्का लागेमा सोही व्यहोरा कैफियत जनाई मालसामान बुझिलिन सक्नेछ ।
(२) बहुविधिक ढुवानी सञ्चालनकर्ता वा निजको आधिकारिक प्रतिनिधिले उपदफा (१) बमोजिम कुनै कैफियत नजनाई पे्रषक वा निजको आधिकारिक एजेण्ट वा प्रतिनिधिबाट ढुवानीको लागि मालसामान बुझिलिएमा ढुवानीपत्रमा उल्लिखित मालसामान दुरुस्त भएको मानिनेछ ।