१८.१ परिषद्ले कोषका निमित्त नेपालभित्र वा बाहिर कुनै पनि क्षेत्र संस्था वा व्यक्तिबाट चन्दा उपलब्ध गर्न वा गराउन सक्नेछ । त्यस्तो कार्यमा परिषद् आफैले …….. वा उपदफा १०.१.६ अन्तर्गत गठित विभिन्न समिति वा उपसमिति वा अन्य कुनै निकाय वा व्यक्तिद्वारा सम्पर्क राखी चन्दा प्राप्त गर्न सक्नेछ ।
१८.२ चन्दा प्राप्त गर्ने प्रक्रियाका सम्बन्धमा अन्य आवश्यक कुराहरू परिषद्ले निर्धारण गरिदिए बमोजिम हुनेछ ।
१८.३ कोषमा देहायका रकमहरू रहनेछन्ः–
१८.३.१ नेपाल सरकारले पशुपति क्षेत्रको विकासका निमित्त प्रदान गरेको रकम,
१८.३.२ नेपालभित्र वा बाहिरका क्षेत्र, संस्था वा व्यक्तिहरूले कोषको निमित्त प्रदान गरेको चन्दा,१८.३.२क श्री पशुपतिनाथ र पशुपति क्षेत्रसंग सम्बन्धित सबै प्रकारका गुठी जग्गाको आयस्ताबाट प्राप्त हुने रकम,
१८.३.२ख पशुपति क्षेत्रभित्रका विभिन्न मन्दिरहरूबाट प्राप्त हुने दक्षिणा र भेटीको रकम,
१८.३.३ कोषको अधिकतम आयस्ता र सुरक्षा हुने गरी लगानी गरी आर्जन गरेको रकम,
१८.३.४ कोषले उपलब्ध गराएको सेवा वापत प्राप्त हुन आएको शुल्क वा रकम, र
१८.३.५ अन्य स्रोतबाट प्राप्त रकम वा चन्दा ।
१८.४ कोष सञ्चालनको सुविधाको निमित्त कोषले नेपाल राज्यभित्र वा बाहिरका बैंकहरूमा कुनैपनि मुद्रामा खाता खोली रकम जम्मा गरी खाता सञ्चालन गर्न सक्नेछ ।
१८.५ कोषको तर्फबाट गर्नुपर्ने सबै खर्च कोषबाट बेहोरिने छ ।
१८.६ कोषको खाताको सञ्चालन परिषद्ले निर्धारण गरे बमोजिम हुनेछ ।