दफा ४८क
कोष दाखिला गर्नु पर्ने
(१) दफा ४८ को उपदफा (४) बमोजिम बेवारिसी वा दरिया बुर्दी काठहरुको बिक्री वितरणबाट प्राप्त रकम मध्येबाट पचास प्रतिशत रकम सम्बन्धित गाउँपालिका वा नगरपालिकाको कोषमा र बाकी रकम सञ्चित कोषमा दाखिला गर्नु पर्नेछ ।
(२) उपदफा (१) बमोजिम गाउँपालिका वा नगरपालिकाको कोषमा जम्मा भएको रकम मध्येबाट पचास प्रतिशत रकम गाउँपालिका वा नगरपालिकाले डिभिजन वन कार्यालयको अधिकारक्षेत्रको वन विकासको निश्चित योजना बनाई सो योजना कार्यान्वयनमा खर्च गर्नु पर्नेछ ।