नियम
कोष सञ्चालन
(१) संस्थाले ऐनको दफा २४ बमोजिम संस्थाको कोषमा जम्मा हुन आएको रकम कुनै वाणिज्य बैंक वा वित्तीय संस्थामा खाता खोली जम्मा गर्नु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम वाणिज्य बैंक वा वित्तीय संस्थामा खोलिएको खाता संस्थाको कार्यकारी प्रमुख र लेखा हेर्ने पदाधिकारी वा कर्मचारीको संयुक्त दस्तखतबाट सञ्चालन गर्नु पर्नेछ ।
(३) संस्थाले आफूनो दैनिक कारोवार सञ्चालनको लागि प्रबन्ध समितिबाट निर्णय गराई सानो नगदी कोषको व्यवस्था गर्न सक्नेछ ।
(४) ऐनको दफा २४ को उपदफा (१) को खण्ड (ख) बमोजिम संस्थाको सदस्यहरुबाट प्राप्त शुल्क मध्ये कम्तीमा पचास प्रतिशत शुल्क संस्थाको कोषमा जम्मा गर्नु पर्नेछ ।