दफा
कोष स्वशासित संस्था हुनेः

४.१ कोष अविछिन्न उत्तराधिकारवाला स्वशासित र संगठित संस्था हुनेछ ।
४.२ कोषको सबै काम कारवाईको निमित्त आफ्नो छुट्टै छाप हुनेछ ।
४.३ कोषको छाप तथा प्रतीक परिषद्ले निर्णय गरे बमोजिम हुनेछ ।
४.४ कोषले व्यक्ति सरह चल अचल सम्पत्ति खरीद गर्न, प्राप्त गर्न उपभोग गर्न बेच– विखन गर्न वा आवश्यकतानुसार अन्य किसिमले व्यवस्था गर्न सक्नेछ ।
४.५ कोषले व्यक्ति सरह नालिस उजूर गर्न र कोष उपर पनि सोही नामबाट नालिस उजूर लाग्न सक्नेछ ।