दफा १०
कोषको अधिकार

कोषको अधिकार देहाय बमोजिम हुनेछ :–
(क) राष्ट्रिय वा अन्तर्राष्ट्रिय संघ, संस्था तथा अन्य क्षेत्रबाट नगदी, जिन्सी वा अन्य किसिमको सहायता प्राप्त गर्ने ।
(ख) वन्यजन्तु तथा अन्य प्राकृतिक सम्पदासंग सम्बन्धित विदेशी संस्था र अन्तर्राष्ट्रिय संघ संस्थासंग सम्पर्क राख्ने ।
(ग) विदेशी संस्था वा अन्तर्राष्ट्रिय संघ संस्था मार्फत चन्दा सड्ढलन गर्ने गराउने ।
(घ) कोषको हितको लागि अन्य आवश्यक काम गर्ने ।