(१) कोषको रकम देहायको कामको लागि पीडितलाई उपलब्ध गराउन उपयोग गरिनेछ :–
(क) तत्काल उद्धार गर्न,
(ख) औषधि उपचार गर्न,
(ख१) राहत प्रदान गर्ने तथा आर्थिक सहयोग उपलब्ध गराउने,
(ग) कानूनी सहायता, मनोवैज्ञानिक उपचार तथा मनोविमर्स प्रदान गर्न,
(घ) कुनै व्यवसाय वा स्वरोजगार गर्नको लागि वीउ पूँजी (सिड मनि) को रुपमा प्रदान गर्न,
(ङ) पुनस्र्थापना गराउन,
(ङ१) लैङ्गिक हिंसा र यौनजन्य
दुर्व्यवहारको कसूरबाट
पीडितले प्रचलित कानून
बमोजिम कसूरदारबाट प्राप्त
गर्नुपर्ने क्षतिपूर्ति त्यस्तो
कसूरदारको कुनै सम्पत्ति
नभएको कारणबाट प्राप्त गर्न
नसक्ने देखिई अदालतको
आदेश बमोजिमको रकम
पीडितलाई क्षतिपूर्ति स्वरुप
भराउन लेखी आएमा त्यस्तो
क्षतिपूर्ति दिन,
(च) पीडितको लागि सञ्चालक समितिले तोके बमोजिमको अन्य काममा ।
(२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भएतापनि सञ्चालक समितिले
लैङ्गिक हिंसाबाट पीडित बालबालिका तथा किशोर किशोरी वा लैङ्गिक हिंसाबाट प्रभावित भई लागू पदार्थको दुव्र्यसनमा फसेका वा सडकमा आएका व्यक्तिलाई प्राथमिकता दिई कोषको रकम खर्च गर्न सक्नेछ ।
(३) उपनियम (१) बमोजिम कोषको उपयोगको लागि मन्त्रालयले आवश्यकता अनुसार कार्यविधि बनाई लागू गर्न सक्नेछ।