दफा ९
कोषको काम र कर्तव्य
कोषको काम र कर्तव्य देहाय बमोजिम हुनेछ :–
(क) वन्यजन्तु तथा अन्य प्राकृतिक सम्पदाको संरक्षण, सम्बद्र्धन र व्यवस्थापन गर्ने,
(ख) राष्ट्रिय निकुञ्ज तथा आरक्षहरुको विकासको निमित्त आवश्यक व्यवस्था गर्ने,
(ग) वन्यजन्तु तथा अन्य प्राकृतिक सम्पदाको वैज्ञानिक अध्ययन तथा अनुसन्धान गर्ने ।