नियम २६
कोषको प्रयोग
कोषको प्रयोग : (१) ऐनको दफा ३३ मा उल्लिखित कार्यहरुका अतिरिक्त कोषको प्रयोग देहायका कार्यमा गरिनेछ :-
(क) वैदेशिक रोजगारमा गएका तथा वैदेशिक रोजगारबाट फर्की आएका कामदारका परिवारको शैक्षिक विकासमा सहयोग गर्न,
(ख) वैदेशिक रोजगारमा गएका कामदारको परिवारको स्वास्थ्य उपचारमा सहयोग गर्न,
(ग) वैदेशिक रोजगारमा गएका कामदारको बालबच्चाको उचित संरक्षणका लागि शिशु स्याहार केन्द्र स्थापना र सञ्चालन गर्न,
(घ) रोजगारी गुमाई अलपत्र परेका वैदेशिक रोजगारमा गएका कामदारलाई उद्धार गरी सुरक्षित राख्नको लागि सुरक्षित गृह सञ्चालन गर्न,
(ङ) दुर्घटना वा बिरामी परी वा अन्य कुनै कारणले अलपत्र परी करार अवधि पूरा गर्न नसकी स्वदेश फर्किएका वैदेशिक गएका रोजगारमा कामदारको लागि पुनःएकीकरण तथा पुनर्स्थापना कार्यक्रम सञ्चालन गर्न,
(च) रोजगारमा छनौट भएका महिलाले अभिमुखीकरण तालीम लिंदा तिरेको शुल्क सोधभर्ना गर्न,
कुनै कानूनी कारबाहीमा परेका वा कुनै अभियोग लागेका वैदेशिक रोजगारमा गएका कामदारका निमित्त सम्बन्धित देशमा कानूनी सहायता गर्न,
(ज) करार अवधि समाप्त भएको कुनै वैदेशिक रोजगारमा गएको कामदारको मृत्यु भई शव अलपत्र परेमा त्यस्तो शव नेपाल ल्याउन,
(झ) कानूनी सजाय पाएको,
दुर्घटनामा परेको वा बिरामी भएको कारणले आर्थिक अभाव भई स्वदेश फिर्ता हुन नसकी अलपत्र परेको वा कुनै कारणले स्वदेश फिर्ता गर्नु पर्ने ठहरिएको र करार अवधि समाप्त भएको दुई वर्ष ननाघेको वैदेशिक रोजगारमा गएको कामदारलाई स्वदेश ल्याउन,
(ञ) वैदेशिक रोजगारमा गएको कुनै कामदारको करार अवधिभित्र उपचारको क्रममा स्वदेश वा विदेशमा मृत्यु भएमा त्यस्तो मृतकको परिवारलाई आर्थिक सहायता उपलब्ध गराउन,
(ट) नियम ४३क. बमोजिम करारमा नियुक्त भएको कर्मचारीको लागि आवश्यक पर्ने पारिश्रमिक तथा सुविधा वापतको रकम भुक्तानी गर्न,
(ठ) बोर्डको दैनिक कार्य सञ्चालन गर्न,
(ड) श्रम सम्झौता तयारी सम्बन्धी कार्य गर्न
(ढ) वैदेशिक रोजगारमा गएका कामदारको स्थिति अध्ययन गर्न,
(ण) वैदेशिक रोजगार सम्बन्धी तालीम कार्यक्रम सञ्चालन गर्न,
(त) वैदेशिक रोजगार कार्य गर्न, नीतिगत तथा कानूनी सुधारका
(१) वैदेशिक रोजगार सम्बन्धी अध्ययन, अनुसन्धान,
(२) अन्तर्राष्ट्रिय श्रम बजारको खोजी र अनुसन्धान,
(३) वैदेशिक रोजगार सम्वन्धी सामग्रीको प्रकाशन,
(४) वैदेशिक रोजगार सम्बन्धी जनचेतनामूलक कार्यक्रमको सञ्चालन,
(५) वैदेशिक रोजगार सम्बन्धी सूचना केन्द्रको स्थापना तथा सञ्चालन ।
(२) उपनियम (१) को खण्ड (ठ) मा जुनसुकै कुरा लेखिएको भए तापनि बोर्डको कार्य सञ्चालन खर्च बोर्डले वार्षिक रूपमा आर्जन गरेको ब्याज रकमको पच्चीस प्रतिशतभन्दा बढी हुने छैन ।
(३) उपनियम (१) को खण्ड (घ) बमोजिम वैदेशिक रोजगार प्रवर्द्धन सम्बन्धी कार्यको लागि कोषको रकम प्रयोग गर्दा बोर्डबाट स्वीकृत वार्षिक कार्यक्रमको सीमाभित्र रही गर्नु पर्नेछ ।