नियम ६
कोषको प्रयोग
६. कोषको प्रयोग
विकास तथा पुनस्र्थापना कार्यक्रम संचालन गरी बालबालिकाहरूको विकास तथा पुनस्र्थापना गर्नको लागि समितिले तयार पारेको कार्यक्रमहरू कार्यान्वयन गर्नको निमित्त कोषमा रहेको रकमबाट देहाय बमोजिम खर्च गर्न सकिनेछ ः–
(क) प्रत्येक वर्षको निमित्त कोषमा जम्मा भएको रकमबाट पचास प्रतिशतमा नबढ्ने गरी सोही वर्षको कार्यक्रम संचालन गर्न खर्च गर्ने ।
(ख) कोषमा रहेको रकमबाट व्याज प्राप्त हुन लागेपछि सो व्याज र त्यस वर्षको कोषमा जम्मा भएको रकमको पचास प्रतिशतमा नबढ्ने गरी खर्च गरी सोही वर्षको कार्यक्रम संचालन गर्ने ।
(ग) कोष बृद्धि हुँदै गई व्याजबाट मात्र कार्यक्रम संचालन गर्न पर्याप्त हुने भएपछि व्याजबाट मात्र कार्यक्रम संचालन गर्ने गरी रकम खर्च गर्ने ।