नियम
कोषको प्रयोग

(१) कोषको रकम देहायको खर्च गर्न सकिने छ:–

(क) खोप खरिद गरी खोप कार्यक्रम सञ्चालन गर्न,

(ख) प्राकृतिक प्रकोप वा माहामारीका कारण तत्काल खोप खरिद गर्न आवश्यक भएमा त्यस्तो खोप खरिद गरी खोप कार्यक्रम सञ्चालन गर्न,

(ग) राष्ट्रिय खोप कार्यक्रमको विकास तथा विस्तार सम्बन्धी विषयमा अध्ययन, अनुसन्धान गर्न,

(घ) राष्ट्रिय खोप कार्यक्रममा प्रयोग हुने खोप निजी क्षेत्रको साझेदारीमा मुलुकभित्र उत्पादन गर्न लागत प्रभावकारीताको दृष्टिले उपयुक्त हुने देखिएमा त्यस्तो खोप उत्पादन कार्यमा लगानी गर्न,

(ङ) समितिको बैठक सञ्चालन लगायतका प्रशासनिक कार्य गर्न ।

(२) उपनियम (१) को खण्ड (क), (ख) र (घ) बमोजिमको कार्यमा खर्च गर्दा समितिले मन्त्रालयको स्वीकृति लिनु पर्नेछ ।