नियम २७
कोषको सञ्चालन
(१) कोषमा जम्मा गरिने रकम बोर्डले तोकेको कुनै वाणिज्य बैङ्कमा जम्मा गरिनेछ ।
(२) कोषको खाताको सञ्चालन कार्यकारी निर्देशक र बोर्डको लेखा प्रमुखको संयुक्त दस्तखतबाट हुनेछ ।
(३) कोषको आय व्ययको लेखा नेपाल सरकारले अपनाएको तरिका बमोजिम राख्नु पर्नेछ ।
(४) कोषको लेखापरीक्षण महालेखा परीक्षकको कार्यालयबाट हुनेछ ।