नियम ३७
कोषको सञ्चालन
(१) कोषलाई चक्रीय (रिभल्विङ्ग) कोषको रूपमा सञ्चालन गरिनेछ ।

(२) कोषमा जम्मा भएको रकम सञ्चालक समितिले तोकेको कुनै "क": वर्गको वाणिज्य बैङ्कमा खाता खोली जम्मा गरिनेछ ।

(३) उपनियम (२) बमोजिमको खाताको सञ्चालन सञ्चालक समितिले निर्धारण गरे बमोजिम हुनेछ ।