नियम १०
कोषको सञ्चालन
: ।१) केन्द्रीयस्तरमा रहने विपद्‌ व्यवस्थापन कोषमा जम्मा भएको रकम कार्यकारी समितिले पतिस्पर्धाको आधारमा “क” वर्गको कुनै बाणिज्य बैङ्कमा खाता खोली जम्मा गर्नु पर्नेछ ।

(२) कार्यकारी समितिको निर्णय बमोजिम स्वीकृत भएको विपद्‌ व्यवस्थापन कार्यक्रम र राहत वितरण गर्ने प्रयोजनको लागि मात्र कोषको रकम खर्च गरिनेछ ।

(३) उपनियम (२) बमोजिम कोषको रकम खर्च गर्दा नियमित प्रशासनिक कार्यको लागि खर्च गरिने छैन ।

(३क) कोषमा रहने रकमको न्यूनतम सीमा कार्यकारी समितिले निर्धारण गरेबमोजिम हुनेछ। यसरी निर्धारण गरिएको सीमाभन्दा कम रकम भएको अवस्थामा प्राधिकरणले मन्त्रालयमार्फत अर्थ मन्त्रालयको सहमति लिई अपुग रकम नेपाल सरकारसमक्ष माग गर्न सक्नेछ।

(३ख) कार्यकारी समितिको निर्णयबमोजिम माग गरेको रकम कोषको अवस्था तथा माग गरिएको रकमको आवश्यकता र औचित्य समेतको आधारमा अर्थ मन्त्रालयले निकासा दिन सक्नेछ ।

(४) कोषको सञ्चालन कार्यकारी प्रमुख वा निजले अख्तियारी दिएको प्राधिकरणको अधिकृत कर्मचारी र प्राधिकरणको आर्थिक प्रशासन हेर्ने शाखा प्रमुखको संयुक्त दस्तखतबाट हुनेछ ।

(५) कोष सञ्चालन सम्बन्धी अन्य व्यवस्था कार्यकारी समितिले निर्धारण गरे बमोजिम हुनेछ ।