नियम
कोषको स्थापना
(१) युवा तथा साना व्यवसायी स्वरोजगार कोष नामको एक कोष स्थापना गरिएको छ ।
(२) उपनियम (१) बमोजिमको कोषमा देहाय बमोजिम प्राप्त रकम तथा वस्तुगत सहायता रहने छन्ः–
(क) नेपाल सरकारबाट प्राप्त रकम
(ख) अन्तर्राष्ट्रिय संघ संस्थाबाट प्राप्त रकम
(ग) नेपाली संघ, संस्था र व्यक्तिबाट प्राप्त रकम
(घ) बैङ्क, वित्तीय संस्था तथा सहकारी संस्थाबाट विपन्न वर्गमा लगानी गर्न निर्धारित रकमको कम्तीमा एक प्रतिशत रकम,
(ङ) लगानीवाट असुली रकम,
(च) अन्य श्रोतबाट प्राप्त रकम ।
(३) उपनियम (२) बमोजिमको कोषमा जम्मा हुने रकम समितिले बैंकमा एक खाता खोली जम्मा गर्नेछ ।
(४) उपनियम (३) बमोजिमको खाताको सञ्चालन समितिले तोके बमोजिम हुनेछ ।