नियम ३
कोषको स्थापना
(१) शान्ति कोष नामको एक कोष स्थापना गरिएको छ ।
(२) उपनियम (१) बमोजिमको कोषमा देहाय बमोजिमका नगद तथा वस्तुगत सहायता रहने छन् ः–
(क) नेपाल सरकारबाट प्राप्त,
(ख) विदेशी सरकार वा व्यक्ति, अन्तर्राष्ट्रिय संघ, संस्थाबाट प्राप्त,
(ग) गैर आवासीय नेपालीबाट प्राप्त,
(घ) अन्तर्राष्ट्रिय च्यारिटीबाट प्राप्त,
(ङ) नेपाली संघ, संस्था वा व्यक्तिबाट प्राप्त,
(च) अन्य श्रोतबाट प्राप्त ।
(३) उपनियम (२) को खण्ड (ख) बमोजिम विदेशी दाताबाट संयुक्त वित्तीय वस्था अन्तर्गत प्राप्त हुने नगद सहायता नेपाल राष्ट्र बंैकमा खोलिएको र महालेखा नियन्त्रकको कार्यालयबाट तोकिएको खातामा जम्मा गरिनेछ ।
(३क) विदेशी दाताबाट संयुक्त बित्तीय व्यवस्था अन्तर्गत प्राप्त हुने सहायता रकम बाहेक उपनियम (२) बमोजिम प्राप्त हुने अन्य नगद सहायता नेपाल सरकारको केन्द्रीय खातामा जम्मा गरिनेछ ।
(४) समितिले उपनियम (३) र (३क) बमोजिम जम्मा भएको नगद रकम मध्येबाट सचिवालयको प्रशासनिक खर्च र सरकारी निकाय बाहेकका संस्थाबाट सञ्चालन हुने आयोजनाको लागि आवश्यक पर्ने रकम नेपाल सरकारबाट माग गरी कोषको नाममा
नेपाल राष्ट्र बैंकमा खाता खोली जम्मा गर्नेछ ।
(५) उपनियम (४) बमोजिमको खाताको सञ्चालन समितिले तोके बमोजिम हुनेछ ।