दफा
कोषको स्थापना

(१) राष्ट्रिय प्रकृति संरक्षण कोष नामको एक कोष स्थापना हुनेछ ।
(२) कोष अविछिन्न उत्तराधिकारवाला एक स्वशासित र संगठित संस्था हुनेछ ।
(३) कोषको सबै काम कारवाईको निमित्त आफ्नो एउटा छुट्टै छाप हुनेछ ।
(४) कोषले व्यक्ति सरह चल अचल सम्पत्ति प्राप्त गर्न, उपभोग गर्न, बेचबिखन गर्न वा अन्य किसिमले बन्दोबस्त गर्न सक्नेछ ।
(५) कोषले व्यक्ति सरह नालिस उजुर गर्न र कोष उपर पनि सोही नामबाट नालिस उजुर लाग्न सक्नेछ ।