नियम ३
कोषको स्थापना
(१) लैङ्गिक हिंसा निवारण कोष नामको एक कोष स्थापना गरिएको छ ।
(२) कोषमा देहाय बमोजिमका रकमहरु रहनेछन् :–
(क) नेपाल सरकारबाट प्राप्त रकम,
(ख) विदेशी व्यक्ति, अन्तराष्ट्रिय संघ संस्था वा सरकारबाट प्राप्त रकम,
(ग) स्वदेशी व्यक्ति वा संघ वा संस्थाबाट प्राप्त रकम,
(घ) अन्य कुनै स्रोतबाट प्राप्त रकम ।
(३) उपनियम (१) बमोजिमको रकम नेपाल राष्ट्र बैंकमा छुटै खाता खोली जम्मा गरिनेछ ।
(४) कोषको खाताको सञ्चालन सञ्चालक समितिको सदस्य सचिव र मन्त्रालयको लेखा प्रमुखको संयुक्त दस्तखतबाट हुनेछ ।