नियम ३
कोषको स्थापना
(१) सामाजिक सुरक्षा कोष नामको एक कोष स्थापना गरिएको छ ।
(२) उपनियम (१) बमोजिमको कोषमा देहायका रकम रहनेछन्ः–
(क) प्रचलित कानून बमोजिम कोषमा जम्मा हुने रकम,
(ख) सामाजिक सुरक्षा कार्यक्रममा स्वेच्छिक रुपमा सहभागी हुन योगदानकर्ताले कोषमा बुझाउने रकम,
(ग) नेपाल सरकारबाट प्राप्त हुने रकम,
(घ) विदेशी सरकार, अन्तर्राष्ट्रिय संघ, संस्था वा व्यक्तिबाट प्राप्त हुने रकम,
(ङ) स्वदेशी संघ, संस्था वा व्यक्तिबाट प्राप्त हुने रकम,
(च) कोषलाई अन्य कुनै स्रोतबाट प्राप्त हुने रकम ।
(३) उपनियम (२) बमोजिमको रकम नेपाल राष्ट्र बैंकमा छुटृै खाता खोली जम्मा गरिनेछ ।
(४) कोषको खाताको सञ्चालन कार्यकारी निर्देशक र कोषको लेखा प्रमुखको संयुक्त दस्तखतबाट हुनेछ ।