नियम
कोषमा न्यूनतम रकम सञ्चित गर्नु पर्ने

(१) कोषको रकम नियम ४ को उपनियम (१) को खण्ड (ख) मा उल्लेखित कार्यमा बाहेक कोषको अन्य कामका लागि खर्च गर्दा कम्तीमा दश करोड रुपैयाँ कोषमा मौज्दात रहने गरी खर्च गर्नु पर्नेछ ।

(२) नियम ४ को उपनियम (१) को खण्ड (ख) बमोजिमको कार्यको लागि खर्च भएको रकम नेपाल सरकारले यथाशीघ्र कोषलाई सोधभर्ना गर्नेछ ।