दफा २५
कोषमा प्राप्त रकमको प्रयोग
(१) कोषमा प्राप्त रकम देहायका काममा खर्च गरिनेछ ः–
(क) सडकको मर्मत सम्भार गर्न,
(ख) बोर्डले निर्धारण गरे बमोजिम लागत मूल्यमा हिस्सेदारी हुने गरी जिल्ला तथा शहरी सडकको मर्मत सम्भार गर्न,
(ग) दातृ संस्थाद्वारा सहयोग प्राप्त सडकको मर्मत सम्भार आयोजनामा नेपाल सरकारको तर्फबाट व्यहोरिने रकममा हिस्सेदार हुन,
(घ) बोर्डले निर्धारण गरे बमोजिम छानिएका सडक सुरक्षा आयोजनामा खर्च गर्न,
(ङ) सवारी साधनको भारवहन क्षमता तथा प्रति एक्सल वजन सम्बन्धमा निर्धारित मापदण्ड कार्यान्वयन गर्न,
(च) सडक मर्मत सम्भार तथा पुनर्निर्माण सम्बन्धमा अनुसन्धान गर्न,
(छ) बोर्डको काम, कर्तव्यको कार्यान्वयन तथा कोष व्यवस्थापन सम्बन्धी प्रशासकीय खर्च गर्न,
तर त्यस्तो प्रशासकीय खर्च प्रत्येक आर्थिक वर्षको कुल आय वा अनुमानित कुल आयको चार प्रतिशतभन्दा बढी हुने छैन ।
(२) उपदफा (१) मा लेखिएको कार्यको लागि छुट्याई बढी भएको रकम कुल आय वा अनुमानित कुल आयको पन्ध्र प्रतिशतमा नबढ्ने गरी सडक सम्बन्धी निकायको सिफारिसमा बोर्डले निर्धारण गरे बमोजिम मौजुदा सडकको स्तर वृद्धि गर्न वा सडक सम्बन्धी सानातिना कार्यमा खर्च गर्न सकिनेछ ।