दफा ४५
कोष
 (१) प्राधिकरणको आफ्नो एउटा छुट्टै कोष हुनेछ ।
(२) उपदफा (१) बमोजिमको कोषमा देहायका रकमहरु रहनेछन्ः–
(क) नेपाल सरकारबाट प्राप्त रकम,
(ख) विदेशी सरकार वा राष्ट्रिय वा अन्तर्राष्ट्रिय संघ, संस्थाबाट प्राप्त सहयोग, अनुदान वा ऋण,
(ग) अनुमतिपत्र वा नवीकरण दस्तुर बापत प्राप्त गरेको रकम,
(घ) प्राधिकरणको चल अचल सम्पत्ति भाडामा दिएर वा बेचबिखन गरेर प्राप्त हुने रकम,
(ङ) प्राधिकरणले यस ऐन बमोजिम उद्योगलाई उपलब्ध गराउने सेवा बापत प्राप्त हुने रकम,
(च) अन्य कुनै स्रोतबाट प्राप्त रकम ।
(३) उपदफा (२) को खण्ड (ख) बमोजिमको रकम प्राप्त गर्नु अघि प्राधिकरणले नेपाल सरकारको स्वीकृति लिनु पर्नेछ ।
(४) उपदफा(२)बमोजिम प्राधिकरणलाई प्राप्त हुने सम्पूर्ण रकम प्रचलित बैंक वा वित्तीय संस्था सम्बन्धी कानून बमोजिम स्थापना भएको नेपालभित्रको कुनै वाणिज्य बैंकमा खाता खोली जम्मा गर्नु पर्नेछ र त्यस्तो खाताको सञ्‍चालन समितिले तोके बमोजिम हुनेछ ।
(५) प्राधिकरणको कोषको सञ्‍चालन सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम  हुनेछ ।