दफा २७
कोष
(१) स्वास्थ्य बीमा कार्यक्रम कार्यान्वयनको लागि एक स्वास्थ्य बीमा कोष रहनेछ ।
(२) उपदफा (१) बमोजिमको कोषमा देहाय बमोजिमका रकम रहनेछन्ः–
(क) नेपाल सरकार, प्रदेश सरकार तथा स्थानीय सरकारबाट प्राप्त अनुदान रकम,
(ख) योगदानकर्ताबाट प्राप्त रकम,
(ग) स्वदेशी सङ्घ, संस्था वा व्यक्तिबाट प्राप्त रकम,
(घ) विदेशी सरकार, सङ्घ, संस्था वा व्यक्तिबाट प्राप्त रकम,
(ङ) बोर्डले आर्जन गरेको तथा अन्य श्रोतबाट प्राप्त रकम ।
(३) उपदफा (२) को खण्ड (घ) बमोजिमको रकम प्राप्त गर्नु अघि नेपाल सरकार, अर्थ मन्त्रालयको स्वीकृति लिनु पर्नेछ ।
(४) कोषको रकम बोर्डले तोकेको नेपालभित्रको “क” वर्गको वाणिज्य बैङ्कमा खाता खोली जम्मा गर्नु पर्नेछ ।
(५) कोषको खाताको सञ्चालन कार्यकारी निर्देशक र लेखा प्रमुखको संयुक्त दस्तखतबाट हुनेछ ।