नियम ४१
क्चर्तिपूर्ति भराउने
: (१) ऐनको दफा ३६ को उपदफा (१) वा (२) बमोजिम क्षतिपूर्तिको लागि निवेदन प्राप्त भएमा सम्बन्धित निकाय बा अधिकारीले त्यस्तो निवेदनको सम्बन्धमा जाँचबुझ गर्न निवेदन प्राप्त भएको पन्ध्र दिनभित्र सम्बन्धित विषयको विज्ञ समेत रहेको समिति गठन गर्नु पर्नेछ ।

(२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए

तापनि ऐनको दफा ३६ को उपदफा (४) र (५) बमोजिमका निकाय वा संस्थाले प्रदूषण गरी क्षति: पुगेको बिषयमा परेको निवेदनका सम्बन्धमा छानबिन गर्न सोही उपदफा बमोजिमको समिति गठन हुनेछ।

(३) उपनियम (१) बा (२) बमोजिमको समितिले प्राप्त निवेदनको सम्बन्धमा आवश्यकता अनुसार सम्बन्धित ठाउँको वस्तुस्थिति समेत हेरी जाँचबुझ गरी राय सहितको प्रतिवेदन तीस दिनभित्र सम्बन्धित निकाय वा अधिकारी समक्ष पेश गर्नु पर्नेछ।

(४) उपनियम (३) बमोजिमको प्रतिवेदनमा सो समितिले पीडित पक्षलाई पुग्न गएको क्षतिको किसिम, परिमाण, असर र प्रभावको यकिन गरी के कति क्षतिपूर्ति भराउनु पर्ने हो सो समेत खुलाउनु पर्नेछ ।

(५) उपनियम (४) बमोजिम क्षतिको असर र प्रभाव यकीन गर्दा मानव स्वास्थ्य बा वाताबरणमा परको तत्कालीन क्षति वा दीर्घकालीन रुपमा पर्न सक्ने क्षति वा त्यस्तो क्षतिको दायरा समेतको आधारमा गर्नु पर्नेछ ।

(६) उपनियम (३) बमोजिम प्राप्त प्रतिवेदन समेतको आधारमा सम्बन्धित निकाय वा अधिकारीले साठी दिनभित्र क्षतिपूर्तिका विषयमा निर्णय गरी सोको जानकारी निवेदक तथा क्षतिपूर्ति बुझाउनु पर्ने व्यक्ति,संस्था वा प्रस्तावकलाई समेत दिनु पर्नेछ ।