दफा १८
क्याम्पसहरूको स्थापना र संचालन

(१) विश्वविद्यालयले नेपाल सरकारको राष्ट्रिय शिक्षा नीतिको परिधिभित्र रही विभिन्न विषयमा उच्च शिक्षा प्रदान गर्नको लागि क्याम्पसहरूको स्थापना तथा संचालन गर्न सक्नेछ ।
(२) उपदफा (१) बमोजिम स्थापित क्याम्पसहरूको संचालन सम्बन्धी व्यवस्था तोकिएबमोजिम हुनेछ ।