नियम १६
क्लब सम्बन्धी व्यवस्था

(१) कसैले कम्तीमा पाँच जना ज्येष्ठ नागरिक सदस्य हुनेगरी प्रचलित कानून बमोजिम ज्येष्ठ नागरिक क्लब स्थापना गर्न सक्नेछ ।
(२) उपनियम (१) बमोजिम स्थापना गरिने ज्येष्ठ नागरिक क्लबमा अन्य सुविधाका अतिरिक्त कम्तिमा देहाय बमोजिमका न्यूनतम पूर्वाधार तथा सुविधाहरुको व्यवस्था भएको हुनु पर्नेछः–
(क) व्यायमशाला, पौडिपोखरी, खेलकूल मैदान वा कुनै पनि प्रकारको मनोरञ्जनस्थल,
(ख) शौचालय,
(ग) पुस्तकालय, वाचनालय वा प्रतीक्षालय,
(घ) प्राथमिक उपचार केन्द्र,
(ङ) प्राथमिक उपचारक ।
(३) उपनियम (१) बमोजिम स्थापना भएको ज्येष्ठ नागरिक क्लबलाई नेपाल सरकार, सम्बन्धित प्रदेश सरकार र स्थानीय तहले रकम उपलब्ध गराउन सक्नेछन्‌।

तर वार्षिक लेखा परीक्षण प्रतिवेदन पेस नगर्ने ज्येष्ठ नागरिक क्लबलाई रकम उपलब्ध गराइने छैन।
(४) उपनियम (१) बमोजिम स्थापना गरिने ज्येष्ठ नागरिक क्लवले अनुसूची–१ बमोजिमको ढाँचामा त्यस्तो क्लबका सदस्यको व्यक्तिगत विवरण तयार गरी राख्नु पर्नेछ ।