दफा १६०
क्षतिपूर्ति दिनु पर्ने

(१) यस परिच्छेद बमोजिम जारी भएको अन्तरिम आदेश रद्द भएमा वा त्यसका शर्त संशोधन वा हेरफेर भएमा त्यसरी रद्द,संशोधन वा हेरफेर हुनु अगाडि अन्तरिम आदेशको कारणबाट कुनै काम कारबाही गर्न नसकी कुनै पक्षलाई हानि,नोक्सानी भएमा त्यस्तो पक्षले अन्तरिम आदेश माग गर्ने पक्ष विरुद्ध आफूलाई भएको हानि, नोक्सानीको रकम उल्लेखगरी क्षतिपूर्ति माग गर्न सम्बन्धित अदालतमा निवेदन गर्न सक्नेछ ।
(२) उपदफा (१) बमोजिम निवेदन परेमा अदालतले सम्बन्धित पक्षहरू उपस्थित गराई त्यस्तो विषयमा सुनुवाई गर्न सक्नेछ।
(३) उपदफा (२) बमोजिम सुनुवाई गर्दा अन्तरिम आदेश जारी भएको कारणले निवेदकलाई वास्तविक रूपमा हानि, नोक्सानीभएको देखिएमा अदालतले हानि, नोक्सानी बापत क्षतिपूर्ति भराउने आदेश दिन सक्नेछ ।तर काल्पनिक वा अप्रत्यक्ष हानि, नोक्सानी बापत क्षतिपूर्ति भराउने आदेश हुन सक्ने छैन ।
(४) उपदफा (३) बमोजिम आदेश भएकोमा अन्तरिम आदेशको माग गर्ने पक्षले त्यस्तो आदेश बमोजिमको क्षतिपूर्ति निवेदकलाईभुक्तानी गर्नु पर्नेछ ।