(१) ऐनको दफा १५ को प्रयोजनको लागि कुनै औषधिको सेवनबाट स्वास्थ्य हानी हुन गएको व्यक्तिलाई वा त्यस्तो व्यक्ति मर्न गएमा मर्नेको नजिकैको हकदारलाई त्यस्तो औषधि उत्पादन गर्ने व्यक्ति वा संस्थाले दिनु पर्ने क्षतिपूर्ति देहायको अवस्थामा देहाय बमोजिम हुनेछः–
विवरण क्षतिपूर्तिको रकम
(क) मुटु, कलेजो, मस्तिष्क, मृगौला (दुवै) फोक्सो
(दुवै) क्षति हुन गई बेकम्मा हुन गएमा प्रत्येकको लागि– तीन लाख
(ख) एउटा मात्र मृगौला वा एउटा मात्र फोक्सो क्षति हुन गई बेकम्मा हुन गएमा प्रत्येकको लागि – एक लाख
(ग) देहायका अङ्गहरू क्षति हुन गई बेकम्मा हुन गएमा–
(१) दुवै आँखाको लागि – दुई लाख पचास हजार
(२) दुवै कानको लागि – दुई लाख
(३) नाकको लागि – एक लाख
(४) जिब्रोको लागि – एक लाख पचास हजार
(५) लिंगको लागि – एक लाख पचास हजार
(६) एक आँखाको लागि – एक लाख
(७) एक कानको लागि – सत्तरी हजार
(८) दुवै हात वा दुवै खुट्टाको लागि – दुई लाख बीस हजार
(९) एक हात वा एक खुट्टा वा एक हात वा एक खुट्टाको केही भागको लागि – असी हजार
(१०) दुवै हातको केही भाग वा दुवै खुट्टाको केही भागको लागि – असी हजार
(११) हात वा खुट्टाको प्रत्येक औंलाको लागि – पाँच हजार
(घ) खण्ड (क), (ख) र (ग) मा समावेश भएका अङ्गहरू बाहेक अन्य कुनै भित्री अङ्ग क्षति हुन गई बेकम्मा हुन गएमा – एक लाख
(ङ) खण्ड (क), (ख) र (ग) मा समावेश भएका अङ्गहरू बाहेक अन्य कुनै बाहिरी अङ्ग क्षति हुन गई बेकम्मा हुन गएमा – असी हजार
(च) कुनै अङ्ग बेकम्मा नहुने गरी क्षति हुन गएमा बेकम्मा हुँदा दिइने क्षतिपूर्तिको रकमको दुई तिहाईसम्म रकम क्षतिपूर्ति दिइनेछ ।
(छ) अठ्ठाईस हप्ताभन्दा अघिको गर्भ तुहिन गएमा – दश हजार रुपैयाँ
(ज) अठ्ठाईस हप्ता वा सोभन्दा बढीको गर्भ तुहिन गएमा– पच्चीस हजार रुपैयाँ
(झ) गर्भमा खराब असर परेको कारणले अङ्ग भङ्ग भई बच्चा जन्मेमा त्यसको लागि – पन्ध्र हजार रुपैयाँ
(ञ) मानिसको मृत्यु हुन गएमा – तीस हजार रुपैयाँ ।
(२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि यस नियम बमोजिम दिइने क्षतिपूर्तिको रकम ३,००,००० (तीन लाख) रुपैयाँभन्दा बढी हुने छैन ।