दफा ३ग
क्षतिपूर्ति दिने
: मध्यवर्ती क्षेत्रभित्रका कुनै वासिन्दाको घर जग्गा बाढी पहिरोको कारणबाट राष्ट्रिय निकुञ्ज वा आरक्षको प्राकृतिक सिमानाभित्र पर्न गई त्यस्तो वासिन्दाको घरवास उठेमा दफा १६ग. बमोजिम गठित उपभोक्ता समितिको सिफारिसमा सम्बन्धित राष्ट्रिय निकुञ्ज वा आरक्षले दफा २५क. बमोजिम स्थानीय जनताको सामुदायिक विकासको लागि छुट्याइने रकम मध्येबाट निजलाई मुनासिव माफिकको क्षतिपूर्ति दिनेछ ।