दफा ४१
क्षतिपूर्ति भराई दिनु पर्ने
(१) कुनै कसूरको परिणाम स्वरुप पीडितको जीउ, ज्यान, सम्पत्ति वा इज्जतमा कुनै क्षति पुगेमा त्यस्तो क्षति बापत अदालतले कसूरदारबाट पीडितलाई मनासिब क्षतिपूर्ति भराई दिनु पर्नेछ ।
तर कानूनमा कुनै कसूर बापत छुट्टै क्षतिपूर्तिको व्यवस्था भएकोमा सोही बमोजिम हुनेछ ।
(२) उपदफा (१) बमोजिमको क्षतिपूर्ति निर्धारण गर्दा देहायका कुराहरुलाई विचार गर्नु पर्नेछः–
(क) पीडितलाई पुगेको भौतिक, शारीरिक, मानसिक र भावनात्मक क्षति,
(ख) पीडितको मृत्यु भइसकेको भए निजको हकवालालाई पर्न गएको क्षति,
(ग) कसूरदारको आर्थिक श्रोत र अवस्था,
(घ) पीडित तथा निजमा आश्रित व्यक्तिको अवस्था,
(ङ) अदालतले उपयुक्त ठह¥याएका अन्य कुरा ।
(३) उपदफा (१) बमोजिम क्षतिपूर्ति भराउँदा कसूरको परिणाम स्वरुप पीडितलाई चोटपटक लागेको वा अ·भ· भएको भए उपचार खर्च तथा पीडितको मृत्यु भएकोमा सद्गत खर्च एवं काजक्रिया खर्च समेत भराई दिनु पर्नेछ ।
(४) कसूरदारले पीडितको सम्पत्ति क्षति गरेकोमा त्यस बापत क्षतिपूर्ति भराउँदा त्यस्तो बस्तु यथास्थितिमा नै फिर्ता गराइदिनु पर्नेछ ।
(५) उपदफा (४) बमोजिम यथास्थितिमा वस्तु फिर्ता गर्न नसक्ने अवस्था भएमा त्यस्तो वस्तुको मूल्य खुल्नेमा त्यस्तो मूल्य, मूल्य नखुलेमा क्षति हुँदा वा सजाय तोक्दाका बखत त्यस्तो वस्तुको कायम हुन सक्ने मूल्यका आधारमा क्षतिपूर्ति भराई दिनु पर्नेछ ।
(६) क्षतिपूर्ति भराउँदा नगद वा जिन्सी वा दुवै भराउन सकिनेछ ।
(७) कसूरबाट पीडित व्यक्तिको उपदफा (१) बमोजिम क्षतिपूर्ति भराउनुअघि नै मृत्यु भइसकेको रहेछ भने उपदफा (१) बमोजिमको क्षतिपूर्ति निजको आश्रित हकवालालाई भराई दिनु पर्नेछ ।