नियम १२
क्षतिपूर्ति लिन आउने सूचना दिनु पर्ने

किसानले विवरण पेश गर्दा जग्गा धनी भनी लेखिदिएको व्यक्तिले विवरण पेश नगरेमा र क्षतिपूर्ति वापत पाइने एकमुष्ट वा पहिला किस्ताको रुपैयाँ बुझी नलिएमा नियम ८ को उपनियम (१) बमोजिम कबुलियत भएको मितिले सात दिनभित्र किसानले त्यस्तो रुपैयाँ इलाकाका माल अड्डामा जम्मा गरी दिनुपर्छ र माल अडडाले ऐनको दफा (४) बमोजिम गर्नुपर्छ ।