दफा ४४
क्षतिपूर्ति सम्बन्धी व्यवस्था
(१) परियोजना कार्यान्वयन गर्ने सम्बन्धमा कुनै पक्षले यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम वा सम्झौता विपरीत कुनै काम गरेबाट अर्को पक्षलाई हानि नोक्सानी पर्न गएमा त्यसरी पर्न गएको हानि नोक्सानी बापतको मनासिब रकम सो काम गर्ने पक्षले अर्को पक्षलाई क्षतिपूर्ति बापत बुझाउनु पर्नेछ ।
(२) उपदफा (१) बमोजिमको क्षतिपूर्ति नेपाल सरकारबाट व्यहोर्नु पर्ने भएमा त्यस्तो क्षतिपूर्ति बापतको रकम हिसाब गरी नेपाल सरकारले अनुमतिपत्रको अवधि थप गर्न सक्नेछ ।
(२) उपदफा (१) बमोजिमको क्षतिपूर्ति नेपाल सरकारबाट व्यहोर्नु पर्ने भएमा त्यस्तो क्षतिपूर्ति बापतको रकम हिसाब गरी नेपाल सरकारले अनुमतिपत्रको अवधि थप गर्न सक्नेछ ।