नियम २७
क्षतिपूर्तिको लागि उजूरी गर्न सक्ने

कुनै दलले कुनै सरकारी, सामुदायिक, सार्वजनिक वा निजी सम्पत्तिमा हानी, नोक्सानी पु¥याएमा वा पु¥याउन लगाएमा निजी सम्पत्तिको हकमा सम्पत्ति धनीले र सार्वजनिक वा सरकारी सम्पत्तिको हकमा सम्बन्धित जिल्लाको प्रमुख जिल्ला अधिकारी वा निजले तोकेको अधिकृत कर्मचारीले ऐनको दफा ५८ बमोजिम सम्बन्धित जिल्ला अदालतमा उजूरी गर्न सक्नेछ ।