दफा ५७
क्षतिपूर्ति
: (१) यस ऐन बमोजिम कसूर ठहर भएको अवस्थामा मर्का पर्न गएको पक्षलाई पुग्न गएको वास्तविक हानि, नोक्सानी बापत मुद्दा हेर्ने अधिकारीले कसूरदारबाट उपयुक्त क्षतिपूर्ति भराउने आदेश दिनेछ।
(२) क्षतिपूर्ति भराउने सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ।