(१) आफ्नो क्षेत्रभित्रका क्षेत्रीय, अञ्चलस्तरीय एवं सरकारी सेवा प्रदायक निकायहरुको काम कारबाहीको नियमित अनुगमन र मूल्याङ्कन गरी सार्वजनिक सेवा वितरण प्रणालीलाई बढी व्यवस्थित र प्रभावकारी बनाउन प्रत्येक विकास क्षेत्रमा देहाय बमोजिमको एक क्षेत्रीय अनुगमन तथा मूल्याड्ढन समिति रहनेछः–
(क) क्षेत्रीय प्रशासक –संयोजक
(ख) क्षेत्रीय प्रशासकले तोकेको क्षेत्रीय निर्देशनालयका प्रमुखहरु मध्ये एकजना –सदस्य
(ग) क्षेत्रीय प्रशासकले तोकेको अञ्चलस्तरीय कार्यालयका प्रमुख मध्ये एकजना –सदस्य
(घ) क्षेत्रीय प्रशासकले तोकेको नागरिक समाजको प्रतिनिधि एकजना –सदस्य
(ङ) सह–क्षेत्रीय प्रशासक – सदस्य–सचिव
(२) उपनियम (१) बमोजिमको समितिले आफ्नाे क्षेत्रभित्रका क्षेत्रीय एवं अञ्चलस्तरीय सरकारी निकायहरुको अनुगमन तथा मूल्याड्ढन गर्नेछ ।
(३) उपनियम (१) बमोजिमको समितिले गरेको अनुगमन तथा मूल्याड्ढन सम्बन्धी कार्यको प्रतिवेदन नियम २९ बमोजिमको मन्त्रालयस्तरीय अनुगमन एकाईमा पठाउनु पर्नेछ ।