दफा ११
क. समितिको गठन :
(१) परिषद्को सामान्य निर्देशनमा रही कोषको सम्पूर्ण काम कारवाही सञ्चालन गर्नको लागि देहाय बमोजिमको एक कार्यकारिणी समिति गठन हुनेछ ः
(क) परिषद्को अध्यक्ष – अध्यक्ष
(ख) परिषद्को उपाध्यक्ष – उपाध्यक्ष
(ग) परिषद्को कोषाध्यक्ष – सदस्य
(घ) सदस्यहरू मध्येबाट अध्यक्षले मनोनीत गरेका चारजना सदस्यहरू – सदस्य
(ङ) प्रमुख, लुम्बिनी विकास कोष योजना – सदस्य
(च) सदस्य–सचिव,परिषद् –सदस्य–सचिव
(२) समितिको अध्यक्ष, उपाध्यक्ष, सदस्य तथा सदस्य–सचिवको पदावधि परिषद्को सदस्य रहेको अवधिभर रहनेछ ।
(३) समितिमा मनोनीत सदस्यहरूमध्ये कुनै सदस्यको पद कुनै कारणले रिक्त हुन गएमा अध्यक्षले बाँकी अवधिको लागि परिषद्का अन्य सदस्यहरू मध्येबाट मनोनीत गर्नेछ ।