(नियम ११ को उपनियम (२) सँग सम्बन्धित)
बालीको जातको सम्बन्धमा राष्ट्रिय बाली लगतमा दर्ताको लागि पेश गर्ने निवेदन
श्री जात अनुमोदन, उन्मोचन र दर्ता उपसमिति,
………………………………………………….
विषयः बालीका जातहरू दर्ता गराई पाऊँ ।
मैले/हामीले तल उल्लेखित नयाँ जातको बीउ बिजन प्रजनन् गरेको/छनौट गरेकोले
उक्त जातको बीउ बिजनलाई बालीको जातहरूको राष्ट्रिय सूचीमा दर्ता गरी दिनु हुन यो निवेदन
प्रस्तुत गरेको छु/गरेका छौँ ।
प्रस्तावित नामः
१. पृष्ठभूमिः
२. सामान्य सूचनाः
२.१ चलनचल्ती र वानस्पतिक नामः
२.२ वास्तविक नाम÷परीक्षण गर्दा प्रयोग गरिएको सांकेतिक नामः
२.३ वंश विवरणः
२.४ उद्गम देशः
२.५ प्रविधि विकास गर्न प्रयोग गरिएको पद्धतिः
२.६ सामाग्री स्रोत (संस्था, कृषक समुदाय, परीक्षणको नाम र यो सर्वप्रथम प्रयोगमा
ल्याइएको वर्ष, आदि)
२.७ अनुसन्धानकर्ताले तर्जुमा गरी अनुसन्धानकर्ताले नै व्यवस्थापन गरेको कम्तीमा
पनि दुई ऋतुको परीक्षणको तथ्याङ्क वा अनुच्छेद २.८ मा उल्लेखित तथ्याङ्क पेश गर्नु पर्नेछ ।
२.८ कृषकहरूको खेतबारीको परीक्षण सहभागितामूलक तथ्याङ्क/सूचना (गुणात्मक र
परिमाणात्मक) र सरोकारवालाहरूको प्राथमिकताहरूबाट लिइएको तथ्याङ्क१
२.९ सरोकारवालाहरूको समग्र प्राथमिकताः
३. जातीय गुणको छोटकरी विवरणः
३.१ बाली सम्पादन गुणहरू (एग्रोनोमिक ट्रेट्स)३
३.१.१ बिरुवाको उचाई (से.मी.)ः
३.१.२ रोपेको दिन देखि फूल फुल्न लाग्ने समयः
३.१.३ रोपेको दिनदेखि बाली पाक्न लाग्ने समयः
३.१.४ उब्जनी हुने (के.जी÷हेक्टर)ः
३.१.५ उब्जनी अबयव (उदाहरणः गाँजको संख्या, दानाको संख्या, दानाको तौल,
आदि)
३.२ बालीको आर्थिक रुपमा महत्वपूर्ण भागको गुणस्तरः४
३.२.१ भौतिक गुण (साइज, आकार, रङ्ग आदि)
३.२.२ प्रशोधन
३.२.३ रसायनिक परिवर्तनको जाँच (पाक गुणस्तर, स्वाद, बास्ना आदि)
३.२.४ अन्य विशेष गुण (केही भए)
३.३ अन्य चारित्रिक गुण (झाँटिने, भण्डारण क्षमता, बजार सम्भावना आदि)
४. जातीय पहिचानका लागि बाह्य आवरण सम्बन्धी विवरण (मर्फोलोजिकल ट्रेट्स)
(आवश्यकतामा परेमा छुट्टै कागजको पाना प्रयोग गर्नुहोस्) ।
४.१ कुनै पनि बालीको जातको प्रमाणीकता छुट्याउन सकिने विशेष चारित्रिक
गुणहरूः
४.२ सुक्ष्मकणीय चारित्रिक गुणहरू (मलिकुलर ट्रेट्स) (उपलब्ध छन् भने)ः
५. सिफारिश क्षेत्रः
५.१ कृषि पर्यावरणीय क्षेत्र (तराई, पहाड, हिमाल आदि)ः
५.२ चिस्यानको उपलब्धता (सिंचित, अर्ध सिंचित, वर्षाको पानीमा आधारित)ः
५.३ बाली लगाउने समय र अवस्था (उदाहरणको लागि ढाव, खोरिया आदि)ः
५.४ उत्पादन र व्यवस्थापन पक्ष (यो जातको बाली व्यवस्थापन पक्ष सोही बालीको
अन्य जातको बाली व्यवस्थापन पक्ष भन्दा फरक भए बिस्तृतरुपमा उल्लेख
गर्नुहोस्)ः
५.५ बाली नालीको जातको राष्ट्रिय लगतमा सूचिकृत गर्नु पर्नाको कारणः
प्रस्तावक
सहीः
नामः
दर्जाः
संस्थाको नामः
पत्राचार गर्ने ठेगानाः
टेलिफोन नं.
फ्याक्स नं.
इमेलः
वेवसाइटः
द्रष्टव्यः
१सरोकारवाला भन्नाले कृषक, उपभोक्ता प्रशोधन उद्योग, व्यापारी, बीउ बिजन
कम्पनी एग्रोभेटहरूलाई बुझाउँछ ।
२ सरोकारवालाहरूको अभिरुचिको प्रमुख लक्षणहरूमा (१) बाली सम्पादन तथ्याङ्क (२)
विषम परिस्थिति सहने क्षमता (३) गुणस्तर (४) आर्थिक महत्व (५) अन्य (केही भए
वर्णन गर्नुहोस्) पर्दछन् । अन्त्यमा परीक्षणको नतिजा विवरण संलग्न गर्नुहोस् र
यसमा केवल अनुसूचीका नम्बर उल्लेख गर्नुहोस् ।
३ बालीको जात, जाति, प्रजाति पिच्छे त्यस्ता गुणहरू फरक हुन सक्नेछन् ।
४ आर्थिक रुपले महत्वपूर्ण बालीको प्रमुख भागहरूमा गेडा/दाना/पात/जरा/डाँठ/
टुप्पो/वल्व/राइजोम/कोर्म/ट्युवर/डालो/रेशा इत्यादि पर्दछन् ।