दफा ११
खनिज कार्यको संचालन
(१) अनुमति प्राप्त व्यक्तिले खनिज कार्यको संचालन खनिज कार्य गर्ने अनुमति प्राप्त गरेको मितिले तोकिएको अवधिभित्र गर्नुपर्नेछ ।
(२) अनुमति प्राप्त व्यक्तिले खनिज कार्य गर्दा अपनाउनु पर्ने कार्यविधि र प्रक्रिया तथा पालन गर्नुपर्ने शर्तहरु तोकिएबमोजिम हुनेछ ।