नियम ४८
खनिज पदार्थको निकासीमा बन्देज

(१) नेपाल सरकारले राष्ट्रिय सुरक्षा वा आन्तरिक माग आपूर्ति गर्नको लागि कुनै खनिज पदार्थ विदेशमा निकासी गर्न नपाउने गरी आदेश जारी गरी आवश्यक बन्देज लगाउन सक्नेछ ।
(२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि देहायका अवस्थामा अनुमतिपत्र प्राप्त व्यक्तिले आफूले उत्खनन् गरेको खनिज पदार्थ विभागको पूर्व स्वीकृति लिई विदेशमा निकासी गर्न पाउनेछः–
(क) खनिज पदार्थको गुणस्तर यकीन गर्न वा विष्लेषण गर्न,
(ख) खनिज पदार्थको बजार अध्ययनको लागि नमूना पठाउन ।