नियम
खाता खोल्न स्वीकृति लिनु पर्ने
(१) सङ्घीय विनियोजन ऐन बमोजिम कुनै कार्यालयको लागि विनियोजित बजेट भुक्तानी निकासा गर्ने प्रयोजन बाहेक अन्य प्रयोजनको लागि कुनै कार्यालयको नाममा खाता खोल्नु परेमा वा सरकारी कारोबार गर्न स्वीकृति प्राप्त नभएको कुनै बैङ्कमा खाता खोल्नु परेमा महालेखा नियन्त्रक कार्यालयको पूर्व स्वीकृति लिनु पर्नेछ।
(२) उपनियम (१) बमोजिम खाता खोल्न स्वीकृतिको लागि माग भई आएमा महालेखा नियन्त्रक कार्यालयले नेपालभित्रको हकमा नेपाल राष्ट्र बैङ्कले तोकेको “क” वर्गको बैङ्कमा र विदेशस्थित नेपाली नियोगको हकमा त्यस्तो मुलुकको केन्द्रीय बैङ्कबाट स्वीकृति प्राप्त बैङ्कमा खाता खोल्ने गरी स्वीकृति दिन सक्नेछ।